दुर्घटना

नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ०८:०२ बजे

नवलपुर, जेठ १७ । नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बुधबार राती पौने ९ बजेतिर हुप्सेकोट गाउँपालिका – १ जुगेपानीस्थित भित्री सडकखण्डमा जुगेपानीबाट हसौरातर्फ जाँदै गरेको ग.प्र.०४-००१ प ७७२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किन गएको थियो ।

दुर्घटनामा चालक जुगेपानीकै ३८ वर्षीय दिपक राना घाइते भएको नवलपुर प्रहरी प्रवक्ता डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए । घाइते रानाको मध्यविन्दु जिल्ला अस्पताल डण्डमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु