नवलपुरमा गोहीको आक्रमणबाट एक जना घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १५ | मध्यान्ह ०५:०२ बजे

नवलपुर, जेठ १५ । नवलपुरमा गोहीको आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका – ६ उल्टिखोलामा भैँसी चराउने क्रममा गोहीको आक्रमणबाट सोही नगरपालिका – ६ भण्डारा निवासी ४६ वर्षीय खोर बहादुर थारु घाइते भएका हुन् ।
थारुको दाहीने खुट्टाको साप्रामा चोट लागेको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।























