समाचार

भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको २३ लाख बराबरको काजु किसमिस बरामद

नवलपुर टुडे
२०८१ जेष्ठ १५ | बिहान ०९:०२ बजे

जनकपुरधाम, जेठ १५ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ सीता चौकबाट सशस्त्र प्रहरीले २३ लाख बराबरको काजु किसमिस बरामद गरेको छ ।

सोमबार राति भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको २१ क्विन्टल काजु र ५ क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरेको काजु किसमिसको बजारको मूल्य २३ लाख बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रूपमा काजु किसमिस नेपाल भित्र्याएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहतका सुरक्षा वेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले काजु किसमिससहित मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको काजु किसमिस आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उपरीक्षक गिरीले बताए ।

कमेन्टहरु