समाचार

सन्दीप भन्छन्: मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

नवलपुर टुडे
२०८१ जेष्ठ १४ | मध्यान्ह ०३:०२ बजे

काठमाडौ, जेठ १४ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत लामिछानेले टि–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसके पनि देशको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’

अमेरिकामा हुने टी-२० विश्वकप खेल्न नेपाली टिम अमेरिका प्रस्थान गरिसकेका छन् । अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि लामिछाने भने जान पाएका छैनन् ।

कमेन्टहरु