समाचार

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

नवलपुर टुडे
२०८१ जेष्ठ १४ | बिहान ११:०२ बजे

काठमाडौं, जेठ १४ । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले आइतबार (हिजो) गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार, गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका निम्ति यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।

कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको छ । रासस

कमेन्टहरु