देश

पर्साको कालिकामाई गाउँपालिकामा एक पछि अर्को भ्रष्टाचारको प्रमाण फेला पर्दै

जगत ठाडा मगर
२०७८ असार ४ | मध्यान्ह ०९:०३ बजे

रंजित चौरसिया
वीरगंज ४ असार । पर्साकाे कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएकाे प्रमाण फेला परेकाे छ । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेकाे गुनासाे बढेपछि गाउँ कार्यपालिकाकाे कार्यालय हरिहरपुर विर्ता पुगेकाे संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेकाे बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेकाे कर्मचारीहरुले वताए ।

photo 2021 06 18 21 01 34

कार्यालयमा रहेकाे दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाेडेर दर्ता चलानी गरिएकाे फेला परेकाे हाे । गाउँपालिकाकाे दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएकाे छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएकाे हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएकाे छ ।

photo 2021 06 18 21 01 35

त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएकाे छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ काे ठाउँ खालि राखेर अक्राे दर्ता गरिएकाे छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकाेे छ । त्यसकाे बिचमा पनि केही दर्ता नं. काे खालि ठाउँ राखिएकाेले ब्यापक अनियमितता भएकाे प्रष्ट हुन्छ ।किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे हाे भने बारे साेध्दा कार्यालयमा भेटिएकाे कर्मचारीले जवाफ दिन सकेन ।

यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेनमा बुझ्न पटक पटक फाेन गर्दा पनि फाेन उठेन । आर्थिक मसान्तकाे अन्तिम अन्तिमा आएर अनियमितता र पुरानाे मितिमा दर्ता गर्न प्रयाेजनकाे लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएकाे गाउँपालिका कै क्रमचारी स्राेतले जनाएकाे छ । यस्ताे नियम विपरित धेरै काम हुने गरेकाे ति कर्मचारीकाे भनाई छ ।

यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदकाे सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएकाे छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकाेे सूचना अधिकारी अमित चाैरसियाले वताए ।

गाउँपालिकामा बढ्दै गएकाे अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनकाे लागि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेकाे स्थानियहरुले गुनासाे रहेकाे छ ।

कमेन्टहरु