नवलपरासीमा भालुको आक्रमणबाट एक महिला घाईते

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | मध्यान्ह ०९:०२ बजे

परासी, जेठ १३ । पश्चिम नवलपरासीमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन । घाईते हुनेमा वर्दघाट नगरपालिका- २, संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमती बर्ष २५ की खिममाया खाम्चा रहेकी छिन ।
प्रहरीका अनुसार खाम्चा आइतबार दिउँसो आफ्नो घरदेखि २ कि.मि. पुर्व तर्फ रहेको जङ्गलमा निउरो टिप्न जाँदा अचानक भालुको आक्रमणबाट अनुहारमा चोट लागेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।
घाईतेलाई उपचारको लागी चिसापानी अस्पताल बर्दघाटमा ल्याई सामान्य उपचार पश्चात मध्यान्ह ३:१५ बजे थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बोहराले जानकारी दिए ।























