समाचार

सिद्धबाबा सुरुङ मार्गमा विस्फोटको काम सुरु, सवारी आवागमन बन्द

असिम कामु
२०८१ जेष्ठ १३ | बिहान १०:०२ बजे

पाल्पा, जेठ १३ । पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा विस्फोटको काम सुरु भएको छ । दैनिक ३ पटक हुने विस्फोटको पहिलो बिस्फोट बिहान ९ बजेबाट सुरु भएको हो ।

एकपटकको विष्फोटमा करिव १ घण्टा यातायात बन्द गरिने छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी सुरु भएको सुरुङ मार्गको हालसम्म ११.४१ प्रतिशत भौतिक र १७.५ प्रतिशत वित्तीय प्रगति भएको छ ।

यस्तै मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाह्रै महिना पहिरो खस्ने दोभान सिद्धबाबा क्षेत्रमा कुल १ हजार
१२६ मिटर लामो सुरुङ बन्नेछ । आजदेखि विस्फोट गराउने काम सुरु भएको छ ।

कमेन्टहरु