सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासको असन्तुष्टि

नवलपुर टुडे
२०८१ जेष्ठ ९ | मध्यान्ह ०१:०२ बजे

काठमाडौं, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासले असन्तुष्टि जनाएको छ । दूतावासले सांकेतिकरूपमा विज्ञप्तिमार्फत् सिरोहियाको पक्राउप्रति असन्तुष्टि जनाएको हो ।
‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शीता मार्गदर्शक सिद्धान्तहरू हुन् ।’ दूतावासले भनेको छ ‘कठिन संघर्षपश्चात प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’
























