देश

पक्लिहवाको बनकट्टी नाकाबाट अबैध रुपमा भारतबाट ल्याउदै गरेकाे १ क्विन्टल जिउँदो बोइलर बरामद गरि नष्ट

जगत ठाडा मगर
२०७८ असार ४ | मध्यान्ह ०१:०३ बजे

कृष्णा गिरी
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ पक्लिहवाको बनकट्टी नाकाबाट अबैध रुपमा ल्याउदै गरेकाे १ क्विन्टल जिउँदो बोइलर कुखरा सशस्त्र प्रहरी बल नेपाल बिओपि बलिनगरले नियन्त्रणमा लिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि बलिनगरद्वारा कुखरा नियन्त्रणमा लिई नष्ट गरेका छन ।

उक्त बोइलर कुखुरा मानिसले भारतबाट नेपाल ल्याउदै गर्दा सशस्त्र प्रहरी बल नेपाल बिओपी बलिनगरका सइ सुरेन्द्र मल्लको नेतृत्वमा गएको गस्ती टोलीलाई देखेपछि बोइलर कुखुरा सिमामा फालेर मानिस भागेका थिए ।

बरामद भएको कुखुरा कुल ४० हजार रुपैया मुल्य बराबर रहेकाे बताईएकाे छ । नियन्त्रणमा लिएकाे कुखुरा स्थानीय बासि, पशुक्वाईरानटाईन, पत्रकार लगायतकाे राेहबरमा नष्ट समेत गरिएकाे हाे ।

कमेन्टहरु