समाचार

रौतहटबाट स्रोत नखुलेको दुई लाख रकमसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | मध्यान्ह ०२:०२ बजे

रौतहट, जेठ ८ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.४ लतमरीबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नं.५ बस्ने राम चरण साहको छोरा बर्ष ३१ को सन्तोष कुमार साह छन् ।

आइतबार बेलुकी ७ बजेतिर लतमरीस्थित सडक खण्डमा चेकप्वाईन्ट थापी आवत जावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर०५एएन८११७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक साहको साथबाट नेपाली रुपैयाँ २ लाख ९ सय ६० र भारतीय रुपैयाँ ७६५ फेला परेको थियो ।

साहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि सो रकमसहित उनी र उनको मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु