काठमाडौंको थलीमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | बिहान ०८:०२ बजे

काठमाडौं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा एक जना पुरुषको शव फेला परेको छ ।
बिहान साढे पाँच बजे थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव फेला परेको थली प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । शवको मुख कपडाले ढाकिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा दुईवटा ब्लेड र भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























