देश

मेलम्चीमा बाढीका कारण बेपत्ता २० जनाको नाम सार्वजनिक ।

जगत ठाडा मगर
२०७८ असार ४ | बिहान ११:०३ बजे

जितेश मण्डल
असार ४ / सिन्धुपाल्चोक: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् ।

बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । बाढीमा परेर अहिलेसम्म दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।

कमेन्टहरु