स्वास्थ्य

कृष्णनगरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०८१ जेष्ठ ८ | बिहान ०५:०२ बजे

कपिलवस्तु, जेष्ठ ८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिका वडा नं २ का
वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह प्रमुख आतिथ्यतामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । यस्तै कार्यक्रमको अतिथिमा कृष्णनगर नगरपालिका लेखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत रहेका थिए ।

वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले स्वास्थ्य मानिसको महत्वपूर्ण पक्ष रहेकाले आफ्नो स्वास्थ्य प्रति सबैले आफै सचेत हुनुपर्ने बताउँदै नगर भित्र स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा आफू लागि परेको बताए ।

कार्यक्रममा बोल्दै लेखा प्रमुख मनिष पान्डेले आयुर्वेद पुरानो पद्धति रहेकाले नगरपालिकाले नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिक स्वास्थ्य प्रति विभिन्न कार्यक्रम हरू गर्दै आएको बताउँदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले कृष्णनगरमा जेष्ठ नागरिकको स्वास्थ्य प्रति आफू सचेत रहेको र आगामी दिनमा समेत थप यस्तै कार्यक्रम लाउने बताए ।

कपिलवस्तु आयुर्वेद प्रमुख डा. नलिन नाथ तिवारी, डा. आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय लगायतको चिकित्शीय टीमद्वारा रक्त जाँच सहितको स्वस्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य नारायण कनोडिया, रेनु शर्मा, राहुल मोदनवाल तथा वडाका विभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कमेन्टहरु