समाचार

नवलपुरमा सर्पको टोकाइबाट एक महिला विरामी

नवलपुर टुडे
२०८१ जेष्ठ ७ | मध्यान्ह ०३:०२ बजे

नवलपुर, जेठ ७ । नवलपुरमा सर्पको टोकाइबाट एक जना महिला विरामी परेकी छिन् ।

कावासोती नगरपालिका – १४ कोटटाँडी निवासी ३७ बर्षीया राधा महतो विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

महतोलाई आफ्नै खेतमा धानमा पानी लगाउन जाने क्रममा सर्पले दाहिने खुट्टामा टोकेको हो । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । विरामीको अवस्था मध्यम रहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताए ।

कमेन्टहरु