दैलेखदेखि सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ ७ | मध्यान्ह ०२:०२ बजे

सुर्खेत, जेठ ७ । सुर्खेत-दैलख सडकखण्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवामा बस दुर्घटना भएको छ ।
दैलेखको दुल्लु नगरपालिकादेखि सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार बसमा १५ जना भन्दा बढी मानिस सवार रहेको र घाइते भएकाहरूको उद्धार कार्य भइरहेको छ । मृतकको पहिचान नखुलेको र घाइतेहरूको विवरण सङ्कलन भइरहेको उनलेे जानकारी दिए ।
घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको छ ।























