लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

नवलपुर टुडे
२०८१ जेष्ठ ६ | बिहान १०:०२ बजे

देउखुरी । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने र प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता ईश्वरी आचार्यले बताए ।

लुम्बिनी मन्त्रिपरिषद् बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा छलफलका लागि पेस गर्ने निर्णय गरिसकेको छ । यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारको नेतृत्वमा लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भइसकेको छ ।

विधेयक ऐनका रूपमा पनि जारी भएको छ ।

 

कमेन्टहरु