घटना

नवलपुरको बुलिङ्टारमा रुखले च्यापेर एक पुरुषको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ ४ | मध्यान्ह ०८:०२ बजे

नवलपुर, जेठ ४ । नवलपुरको बुलिङ्टारमा रुखले च्यापेर मृत्यु एक जनाको मृत्यु भएको छ । घाँस दाउरा गर्न गएका बुलिङ्टार गाउँपालिका वडा नं ५ आमडाडाका ६२ वर्षीय बिष्णु प्रशाद कुवरको रुखले च्यापेर मृत्यु भएको हो ।

उनी बिहीबार दिउँसो २ बजेतिर घाँस दाउरा गर्नका लागि घरबाट ५०० मिटर दुरिमा रहेको अमिलिबारीमा गएका थिए । हिजोदेखि घर नफर्किएका कुवरलाई आज दिउँसो साढे ४ बजेतिर बाख्रा चराउन गएका स्थानियले रुखले च्यापेको अवस्थामा मृत फेला पारेको नवलपुर प्रहरीले जनाएको छ ।

अविवाहित रहेको उनी घरमा एक्लै बस्दै आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्टहरु