कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नारायण वस्ती नियुक्त

नवलपुर टुडे
२०८१ जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे

विराटनगर । कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद वस्ती नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै राखिएको छ ।
यसअघि मुख्यमन्त्री रहेका केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै बर्खास्त गरिएको थियो । वस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरूको सङ्गठन प्रगतिशील तथा व्यवसायीक कानून व्यवसायी सङ्गठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।


















