देश

युट्युब लगायत सामाजिक संजाललाई ब्यबस्थीत बनाउन छलफल

जगत ठाडा मगर
२०७८ असार ४ | बिहान ०८:०३ बजे

काठमाडौं । राज्यको कानुनी प्रकृया पुरा नगरी पछिल्लो समय ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक संजाल) र अनलाइन मिडियाहरुको प्रयोग बढेसंगै त्यसको नियमनको बिषयमा छलफल भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने भएकाले सामाजिक सञ्जालबाट आउने अडियो÷भिडियो सामग्रीहरूमा पत्रकारिता भए÷नभएकोबारे बुझ्न छलफल राखिएको बताउनुभयो ।

सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्भीर भएको उहाँको भनाइ रहेको छ ।

छलफलका क्रममा काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासङ्घ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादीत पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताउनुभयो ।

बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएका अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताउनुभयो । मिडिया सञ्चालन गर्दा धरौटी राख्नुपर्ने व्यवस्था हुनुपर्ने, भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उहाँको भनाइ थियो ।

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताउनुभयो ।

सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने,काउन्सिलले मिडियालाई गर्ने कारबाहीसार्वजनिक गर्नुपर्ने ,युट्युबबाट हुने आम्दानीलाई वैधानिक गराएर करको दायरामा ल्याउनुपर्ने ,विभिन्न एप्स र सञ्जालमा आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने बिषयमा धारणा ब्यक्त भएको थियो ।

कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने, सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै ४ बर्षको बालकलाई के सोध्ने, के नसोध्नेसम्मको ज्ञान नभई राखिने भिडियो, अनुमतिबेगर खिचिएको भिडियो, यौन्नजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने उल्लेख भएको छ ।

कमेन्टहरु