समाचार

देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ जेष्ठ २ | मध्यान्ह ०४:०२ बजे

बुटवल, जेठ २ । रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

देवदह नगरपालिका – ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङको देवदह–१ बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

कमेन्टहरु