दुर्घटना

दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते, ९ को अवस्था गम्भीर

नवलपुर टुडे
२०८१ जेष्ठ २ | बिहान ११:०२ बजे

दोलखा, जेठ २ । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका वडा नं १ भटमासेमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

घाइते सबै सबै शैलुङ– ८ ढाँडे र कुने आसपासका भएको बताइएको छ । ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकाले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको अनुमान गरिएको छ ।

स्थानीयबासीले घाइतेको उद्धार गरी उपचारका लागि सदरमुकाम चरिकोट तर्फ पठाएको मेलुङ–१ का वडाध्यक्ष ईश्वर कोइरालाले जानकारी दिए ।

कमेन्टहरु