यी पाँच प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।























