दाङमा बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान् प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ असार ३ | मध्यान्ह ०९:०३ बजे

असिम कामु मगर
बुटवल । दाङमा आफ्नै श्रीमान्ले बञ्चराले हानेर श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया श्रीमती स्याना कुमारी चौधरीको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादका कारण बुधबार बेलुका ६ बजेतिर मुकुन्दलालले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको भनी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
डिएसपी रिजाल्का अनुसार बन्चरोले लागेर गम्भीर घाइते चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार दिउँसो मृत्यु भएको हो ।
प्रहरीले मृतकका श्रीमान् मुकुन्दलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको रिजालले बताए ।























