समाज

गाउँपालिका अध्यक्ष सिंहले गरे दलित आवासकाे सिलान्यास

अशोक यादव
२०८१ जेष्ठ १ | बिहान ११:०२ बजे

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका- २ भलोहियामा गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले दलित आवासीय कार्यक्रम अन्तर्गत एकै चोटी ६ वटा पक्की घरको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिंहले भने चुनावको बेला जनता संग गरेको वाचा हामीले अझै पुरा गरेका छैनअझै धेरै काम गर्न बाँकि रहेको बताए । बिस्तारै सबै बाचा गरेका काम पूरा गर्ने उनले भने ।

photo 2024 05 14 06 15 40

पालिकामा शिलान्यास भएको पक्की घर २२/१६ फ़ीटको घर हुनेछन् । सो शिलान्यास कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवी, दुर्गा भगवती गाउँपालिका- २ का वडा अध्यक्ष सुरेश चौधरी, वडा नं.३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सदस्य नेजाबुदिन मिया, रौशण झा, मनोज महतो, प्रकाश झा, लगायतको उपस्थितीमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्टहरु