समाचार

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी बर्दीमै खुलेयाम रक्सी सेवन गर्दै

अशोक यादव
२०८१ जेष्ठ १ | बिहान ०९:०२ बजे

रौतहट, जेठ १ । रौतहटको ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटेका सुरक्षा कर्मी बिहानको समयमा बर्दिमै खुलमखुला मादक पदार्थ रक्सी (तारी) को सेवन गर्दै आएका छन् ।

आज बिहान हिरो होण्डा ना ५ प १५५५ नम्बर मोटरसाइकल लिएर अनुगमनमा आएका प्रहरी ए.आलम र उनका साथीले रक्सी सेवन गरेको पाइएको हो । उनीहरु कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित बलिरामपुरको पुल पारी खुलम खुला रूपमा मदिरा बिक्री वितरण हुँदै आएको र सो कामलाई रोक्नुकाे सट्टा आफै नेपाल प्रहरीकाे पाेसाकमा नै सेवन गर्दै गरेकाे तस्बिर सामाजिक संजालमा भाइरल भएकाे छ ।

ईलाका प्रहरी कटहरिया बजारमा विभिन्न बहानामा खुलेयाम रक्सि बिक्रीवितरण हुँदै गर्दा अाज अाफैं बिच बाटाेमै रक्सि पिउँदै देखिँदा बजार क्षेत्रमा खुलेयाम रक्सि बिक्रीवितरण गराउन प्रहरीकाे मिलिमताे रहेको बजारमा हल्ला चलेकाे छ ।

प्रहरी प्रशासनमाथि अाम जनताले गरेको विश्वासमाथि गर्दै यस्तो कार्यले गर्दा प्रश्न समेत उठेको छ ।

कमेन्टहरु