समाचार

सिरहामा बम विष्फोट गरि ६ घर लुटियो, दुई स्थानीय गम्भीर घाइते

नवलपुर टुडे
२०८१ जेष्ठ १ | बिहान ०९:०२ बजे

सिरहा, जेठ १ । सिरहामा बम विष्फोट गरि ६ घरमा लुटपाट भएको छ । लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ११ बजेदेखि लुटेराहरुले बम विष्फोट गरि ६ घरमा लुटपाट गरेका हुन् । बम विष्फोट हुँदा स्थानीयहरु घाइते भएका छन् । 

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । लुटेराहरुले नगद, गरहना लुटेका हुन् । उनीहरूलाई प्रतिकार गर्न खोज्दा स्थानीय योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

यस्तै रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादव सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

लुटपाट भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने लहानका मेयर महेश चौधरीले बताए । मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्टहरु