समाचार

बाढीले बगाउँदा एक जनाको मृत्यु

रासस
२०८१ बैशाख ३० | मध्यान्ह ०३:०१ बजे

चन्द्रौटा, वैशाख ३० । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो ।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल शव फेला परेको रायमाझीले बताए ।

कमेन्टहरु