समाचार

चितवनको दद्रेनीमा अज्ञात समूहद्वारा स्कूल बसमा आगजनी

नवलपुर टुडे
२०८१ बैशाख ३० | बिहान १०:०१ बजे

चितवन, वैशाख ३० । चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले स्कूल बसमा आगजनी गरिदिएका छन् । स्मल हेवन इंगलिस वोर्डीङ स्कुल कल्याणपुरको बाग्मति प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको हो ।

विहान करीव ८ बजेको समयमा विद्यार्थी लिन गएको स्कूल बसमा ३ वडा मोटरसाइकलमा आएका ६ जना अज्ञात समुहले दद्रेनी पुलमा रोकेर बसमा रहेका विद्यार्थी र कर्मचारीलाई झारेर बसमा आगोे लगाइदिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आगजनीबाट पूर्ण क्षति भएको छ । आगो दमकलले नियन्त्रणमा लिएको थियो ।

अहिलेसम्म घटनाको जिम्मा कसैले पनि लिएको छैन । चितवन प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

 

कमेन्टहरु