प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालकाे रौतहट जिल्ला अधिवेशन सम्पन्न


रौतहट, वैशाख ३० । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपालकाे रौतहट जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । राैतहटकाे गरूडामा रहेको अनुष पार्टी प्यालेसमा शनिबार एक कार्यक्रमबिच अधिवेशन सम्पन्न गरिएको हो ।
स्वास्थ्यकर्मी धर्मेन्द्र सहनीकाे अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा (माओवादी) केन्द्रका जिल्ला अध्यक्ष अशाेक जयसवाल रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा नेकपा (माअाेवादि) केन्द्रका पूर्व उर्जा तथा राज्य मन्त्री सत्यनारायण सहनी रहेका थिए ।
कार्यक्रममा संविधा सभा सदस्य देबेन्द्र पटेल, केन्द्रीय सदस्य एकराज थापा, दुर्गाभगवती गाउँपालिकाका प्रमुख शम्भु सिह, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनकाे केन्द्रीय सदस्य रामश्रेष्ठ यादब, विपिन जयसवाल लगायतका सयौं जनाको उपस्थिती रहेकाे थियो ।
साे कार्यक्रममा स्वास्थ्यकर्मी सहनीकाे अध्यक्षतामा २५ सदस्य जनस्वास्थ्यकर्मी समिति गठन भएकाे छ । समितिको उपाध्यक्ष शुवनारायण दास, सचिवमा अमिन्द्र यादब, सहसचिवमा रिंकु कुमारी दार र कोषाध्यक्षमा दिनेश महतो लगायत अन्य सदस्यहरु रहेको कार्यक्रममा उपस्थित सदस्य लालबाबु साहले जानकारी दिए ।























