समाचार

नारायणी नदि किनारमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८१ बैशाख ३० | बिहान १०:०१ बजे

भरतपुर, वैशाख ३० । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरस्थित नारायणी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्याल चितवनका अनुसार नारायणी नदिले बगाएर ल्याएको अवस्थामा नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको हो ।

शनिबार दिउँसो करिब पौने चार बजे उक्त शव फेला परेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु