समाचार

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चारजना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख ३० | बिहान ०८:०१ बजे

काठमाडौं, वैशाख ३० । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भई काठमाडौको कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो ।

धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न सबै १७ वर्ष मुनिका रहेका छन् ।

गएराति सामान्य विवाद हुँदा धिमालमाथी बीचबाटोमै चक्कु प्रहार गरेको जनाइएको छ । उनलाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु