गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नवलपुर टुडे
२०८१ बैशाख ३० | बिहान ०७:०१ बजे

धनगढी, वैशाख ३० । गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका ओडले गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका हुन् ।
उनीविरूद्ध श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । साेही दिन जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला ओड नेपालमा थिएनन् ।
गत विहीबार उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए । प्रहरी कार्यालयमा उपस्थित भएपछि उनीमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको डिएसपी जोशीले बताए ।























