बिश्व

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

नवलपुर टुडे
२०८१ बैशाख २८ | मध्यान्ह ०४:०१ बजे
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

शुक्रबार दुई न्यायाधीशको संयुक्त इजालसले सो जमानत दिएको हो । उनलाई अदालतले २ जुनका दिन ‘आत्मसमर्पण’  गर्न पनि आदेश दिएको छ ।

उनी मार्च २१ मा पक्राउ परेकोमा अब जुन २ सम्म चुनावी प्रचारमा सहभागी हुन सक्नेछन् । अन्तरिम जमानतको घोषणाका क्रममा अदालतले केजरीवालबारेको सुनुवाई चाँडै सकिने समेत जनाएको छ । जमानतको शर्तबारेमा विस्तृत विवरण भने आउन बाँकी छ । बीबीसी

कमेन्टहरु