समाचार

धनुषामा हतियार देखाएर ८० लाख लुटपाट

नवलपुर टुडे
२०८१ बैशाख २४ | मध्यान्ह ०२:०१ बजे
armed robbery attorney in orange county ca

जनकपुरधाम, वैशाख २४ । धनुषामा हतियार देखाएर अज्ञात समूहले ८० लाख रुपैयाँ लुटपाट गरेका छन् ।

सोमबार धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन् ।

महतोले जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै गरेको अवस्थामा तीन जनाको समूहमा रहेको अज्ञात समूहले पेस्तोल देखाएर पैसा हालेको झोला लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रघुनाथपुरमा श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले यस घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्टहरु