काठमाडौंको शंखपार्कमा एक पुरूषको शव फेला

नवलपुर टुडे
२०८१ बैशाख २४ | बिहान ११:०१ बजे

काठमाडौं, वैशाख २४ । काठमाडौंको शंखपार्कमा एक पुरूषको शव फेला परेको छ ।
सोमबार बिहान ९ बजेतिर पार्कमा अन्दाजी ३०/३५ वर्षका एक पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
शवको पहिचान भइ नसकेको एसपी अधिकारीले बताए । मृत भेटिएको स्थानमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरीको टोली खटिएको उनले बताए ।























