पाल्पाको बाँसाडाडामा आगलागीबाट गाउँ नै सखाप, अन्य गाउँमा पनि पस्ने सम्भावना

असिम कामु
२०८१ बैशाख १९ | मध्यान्ह ०५:०१ बजे

पाल्पा/हेक्लाङ, वैशाख १९ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं ६ हेक्लाङको बाँसडाडा भन्ने गाउँमा आगलागीबाट करिब दर्जनौँ घर जलेर नष्ट भएको छ ।
बाँसडाडाका ३२ वर्षीय भरत दर्लामीको कच्ची घर, ४२ वर्षीय ओम बहादुर दर्लामीको १ तले पक्की घर साथै गोठ, ७१ वर्षीय गंगा बहादुर दर्लामीको १ तले कच्ची घर र वर्ष ४० का नर बहादुर दर्लामीको १ तले जस्ताले छाएको कच्ची साथै गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
यस्तै बाँसडाडाकै ८० वर्षीय सन्तविर दर्लामीको घर गोठ, झम बहादुर दर्लामीको घर र कमल दर्लामीको गोठ जलेर नष्ट भएको छ । गोठमा रहेका भैंसी फुकालेर बचाउन सफल भएको तर बाख्राहरु भने जलेर मरेको स्थानीयले बताएका छन् ।
आगो अझै नियन्त्रणमा लिन सकेको छैन । सो आगलागी अन्य गाउँमा समेत पस्ने सम्भावना बढेको छ ।
























