समाचार

पर्साबाट स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एक जना पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १८ | मध्यान्ह ०१:०१ बजे

पर्सा, वैशाख १८ । पर्साको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

बी.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० वर्षीय अफ्रोज अहमदले सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका अहमदको साथबाट १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट बरामद भएको छ । बरामद रुपैयाँ तथा मोटरसाइकलसहित अहमदलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

कमेन्टहरु