निर्वाचन

इलाम–२ मा एमालेका सुहाङलाई २८५३ मतको अग्रता

नवलपुर टुडे
२०८१ बैशाख १७ | बिहान १०:०१ बजे

इलाम, वैशाख १७ । इलाम–२ मा भएको उपनिर्वाचनको जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

अहिलेसम्म फाकफोकथुम, चुलाचुलीका सबै वडाको मतगणना सकिएको छ । माङ्सेबुङको वडा नम्बर १ र २ को मत गन्दा एमाले उम्मेदवार नेम्वाङले ९४८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६६३१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५९५१ मत ल्याएका छन् ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाका उम्मेदवार मिलन योङ्हाङ लिम्बूले १४०१ मत प्राप्त गरेका छन् ।

कमेन्टहरु