नवलपुरको गैंडाकोटमा ३५ घर डुबानमा

नवलपुर टुडे
२०७८ असार २ | बिहान १०:०३ बजे

नवलपुर । लगातार परेको बर्षातको बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका २ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि दुबानमा परेका स्थानीयलाई नजिकैको अक्सफोर्ड इन्जिनेरिङ कलेजको भवनमा सारिएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको बताए । त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् ।
यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी बताएको छ ।























