समाचार

भारतको सोलनबाट नेपाली बालिका बेपत्ता, खोजिकार्यमा सहयोग गर्न आग्रह

नवलपुर टुडे
२०८१ बैशाख १५ | बिहान ११:०१ बजे

दाङ । भारत श्रीमोर ग्राम पंचायत नौरी धाम्ला सोलनबाट नेपाली बालिका हराएकी छिन । रोल्पाको रुन्टीगढी गाउँपालिका- ७ का उदिराम पुनका छोरी कक्षा ९ मा पढ्ने बर्ष १५ कि अनु पुन गत वैशाख ९ गतेदेखि हराईरहेकी हुन ।

उनी सम्पर्क बिहिन भएपछि आफन्तले सबै ठाउँमा खोजिकार्य गरेपनि फेला पारेकी छैनन । उनी आफ्नो बुवाआमा संगै भारतमा बस्दै आएका थिईन । उनका बुवा उदिराम पुनले खोजिकार्यको लागि पहल गरिदिन आफन्तलाई आग्रह गरेका छन ।

उदिराम आफ्नो श्रीमती र २ छोरीको साथ विगत २ वर्षदेखि भारतको श्रीमोर ग्राम पंचायत नौरी धाम्ला सोलनमा कृषि काम गर्दै आएका छन् ।

कमेन्टहरु