समाचार

धरौटी बुझाएर रिहा भए दीपेश पुन

नवलपुर टुडे
२०८१ बैशाख १४ | मध्यान्ह ०५:०१ बजे

बुटवल, वैशाख १४ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रकम बुझाएपछि दीपेशकुमार पुन रिहा भएका छन् । अदालतले  रिहा गर्न आदेश दिएको एक हप्तापछि पुनले आज धरौटीमा रकम बुझाएर रिहा भएका हुन् । 

वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् । 

कारागारबाट निस्किएलगत्तै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

कमेन्टहरु