नवलपुरको कावासोतीमा एक महिलाद्वारा घाँटी रेटेर आत्महत्याको प्रयास

नवलपुर टुडे
२०८१ बैशाख १४ | मध्यान्ह ०४:०१ बजे

नवलपुर, वैशाख १४ । नवलपुरको कावासोतीमा एक जना महिलाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् । कावासोती निवासी २७ बर्षीया एक महिलाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी हुन् ।
उनका श्रीमान वैदेशिक रोजगारीमा रहेको छ । उनले शुक्रबार विहान साढे १० बजेको समयमा श्रीमानसँग फोनमा कुराकानी गर्दा गर्दै आत्महत्याको प्रयास गरेको नवलपुर प्रहरीले जनाएको छ । श्रीमानसँग फोनमा कुरा गर्दागर्दै उनी एक्कासी चिच्याएका थिए । त्यसपछि श्रीमानले आमालाई फोन गरेर खबर गरेका थिए ।
खबरपछि आफन्त र प्रहरीले उनलाई उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएका थिए । उनको अवस्था गम्भीर रहेकाले मध्यविन्दु अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।
उनी केही समयदेखि डिप्रेसनमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।























