माछा तस्कर कपडा तस्करमा परिणत, सशस्त्र प्रहरी निरीक्षक मालामाल


रंजित चौरसित
वीरगंज । पर्साको इनर्वा नाका हुँदै माछा तस्करी गर्दै आएका निरु भन्ने (निरज साह) अहिलेको समयमा कपडा तस्करीमा लागेको बिषय व्यापक रूपमा चर्चाको बिषय बनेको छ ।
मासिक हजारौ रूपैया स्थानीय बिओपी र प्रहरी चौकीलाई दिएर माछा तस्करी गर्दै आएका निरु भन्ने (निरज साह) अहिलेको समयमा सशस्त्र प्रहरी १३ नम्बर गणमा टाली दिएर कपडाको तस्करीमा जुटेको व्यापक चर्चाको बिषय बनेको हो ।
बिरगंजको इनर्वा हुँदै बिगत लामो समय देखि रोकिएको कपडा तस्करी सशस्त्र प्रहरीका एसपीलाई नजराना स्वरूप टाली दिएको कारण व्यापक रूपमा कपडाको तस्करी लाइन संचालनमा आएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण भित्र मन्दिर लगायत भौतिक पूर्वाधारको कार्य चलिरहेको क्रममा माछा तस्कर निरु भन्ने (निरज साह)ले १ लाख ७५ हजार भारतीय रकमले टाली खरिद गरि सशस्त्र प्रहरी निरीक्षकको माध्यमले एसपीलाई दिए पश्चात् कपडा तस्करीको लाइन चल्न थालेको स्रोतको दाबी रहेको छ ।
प्रहरी श्रोतका अनुसार निरु भन्ने (निरज साह) एक भारतीय नागरिक हुन जुन बिगत केही महिनादेखी माछा तस्करीको कार्य गर्दै आएका थिए । केही प्रहरी प्रशासनको सहयोगमा माछा तस्करी गर्दै आएका निरज साहले बोर्डर आउट पोस्ट बिरगंजका सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमको माध्यमले सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख एसपी राजेन्द्र खडकाको नामले १ लाख ७५ हजार बराबरको टाली दिए पश्चात् कपडा तस्करी गर्न छुट दिएको श्रोतको दाबी रहेको छ ।
बिरगंजको इनर्वा हुँदै अबैध तरिकाले आयात/निर्यात गर्नको निम्ति ३ जनाको समुहमा कपडा तस्करी र एक ग्रुपमा स्याउ तस्करीको लाइन दिएको स्थानीयले बताएका छन । स्थानीयले बताए अनुसार कपडाको निरज साह ग्रुपमा ३ जना र स्याउ तस्करी सन्तोष साहको नामले चल्ने गर्दछ । जसका कारण कपडा तस्करी वापत बोर्डर आउट पोस्ट बिरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले मासिक १ लाख ५० हजार र कपडा तस्करी बापत मासिक ३ लाख बुझने गरेको तस्कर स्रोतले जनाएको छ ।
यता स्याउ तस्करी र कपडा तस्करी चलिरहे पनि स्थानीय प्रहरी चौकीले समेत मासिक नजराना बुझने गरेको बताइन्छ । सीमा नाका बन्द रहेको ठोकुवा गर्ने सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्रप्रकाश गौतमको ध्यान जान अति अवाश्यक देखिन्छ ।























