फिल्म ‘भाइरल गोर्खे’ मा ऋषि धमला अनुबन्धित

नवलपुर टुडे
२०८१ बैशाख १३ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं, वैशाख १३ । कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको हो ।
उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए । धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा पनि अभिनय गरिसकेका छन् ।
‘भाइरल गोर्खे’ फिल्मको छायांकन यसै सातादेखि लमजुङको भुजुङमा सुरु भएको छ । यस फिल्ममा चर्चित अभिनेता सौगातसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । सामाजिक सञ्जालले पार्ने सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा फिल्म बन्न लागेको निर्देशक श्रेष्ठले बताए ।























