देश

नबिल बैंकका सबै काराेबार तीन दिन बन्द

नवलपुर टुडे
२०७८ असार १ | मध्यान्ह ०९:०३ बजे

काठमाडौं । कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्ने भन्दै नबिल बैंकको सम्पूर्ण कारोबार तीन दिन बन्द हुने भएका छन् ।

बैंकले आज एक सूचना जारी गर्दै कोर बैंकिङ्ग सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गतेदेखि ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण कारोबार बन्द रहने जनाएको छ ।

बैंकका सम्पूर्ण शाखाहरुका साथै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरू बन्द रहने बैंकले जनाएकाे छ ।

बैंक बन्द रहेकाे समयमा आइपर्ने सक्ने अत्यावश्यक कारोबारहरूको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

कमेन्टहरु