कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

नवलपुर टुडे
२०८१ बैशाख १३ | बिहान ०८:०१ बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादीका १, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ ।
माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको छ ।























