नवलपुरमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

नवलपुर टुडे
२०८१ बैशाख १३ | बिहान ०८:०१ बजे

नवलपुर, वैशाख १३ । नवलपुरको कावासोती नगरपालिका – १ वालुवा डाँडामा एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
बुधबार बेलुकी ६ बजेतिर स्थानीय मन बहादुर रानाको अम्रेसाबारीमा बेवारिसे अवस्थामा बारुद लोड भएको एकनाले भरुवा बन्दुक बरामद गरिएको नवलपुरका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।
बरामद बन्दुक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अन्य अनुसन्धान कार्य भईरहेको उनले बताए ।























