महोत्तरीको मटिहानीमा भिषण आगलागी, सयभन्दा बढी घर जलेर नष्ट


महाेत्तरी, वैशाख १२ । महोत्तरीको मटिहानी नगरपालिका वडा नं.६ जरलहवा टोलमा भिषण आगलागी भएको छ । बुधबार विहान १० देखि लागेको आगोले पुरा बस्ती नै जलेर नष्ट भएको छ ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बस्तीमा रहेको सयौं घर जलेर क्षतिग्रस्त भएको र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिए । उनले मानविय क्षतिबारे अहिले सम्म भन्ने अवस्था नभएपनि बस्ती रहेका सयौं घरधुरीको धन, सम्पती, अन्न, लुगाफाटा सबै जलेर नष्ट भएको अवस्था देखिएको बताए ।
आगलागी नियन्त्रण गर्नको लागि अहिले नगरपालिकाको वारुणयन्त्रसहित जलेश्वर नगरपालिका, गौशला, रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले प्रयास भइरहेको मेयर मण्डलले बताए ।
अन्यन्त्रबाट समेत बारुण यन्त्र झिकाउनका लागि आग्रह गरिएको मेयर मण्डलले बताए । अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त प्रयासमा आगोलागि नियन्त्रण गर्ने प्रयास जारी रहेकाे छ ।
परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ ।























