नवलपुरको बाँड खाेलामा पाैडी खेल्ने क्रममा डुबेर १ किशोरकाे मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख ११ | मध्यान्ह ०६:०१ बजे

नवलपुर, वैशाख ११ । नवलपुरकाे कावासाेती नगरपालिका – १५ स्थित बाँड खाेलामा पाैडी खेल्ने क्रममा डुबेर १ किशोरकाे मृत्यु भएकाे छ ।
तनहुँकाे घिरिङ गाउँपालिका – २ माहाेरकाेट घर भई हाल कावासाेती नगरपालिका – १४ त्रिभुवनटारमा डेरा गरि बस्ने विष्णुविर रानाका १५ बर्षीय छाेरा रविन रानाकाे खोलामा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिएको छ ।
आज दिउँसाे करिब १२ बजेको समयमा गाउँका ५ जना साथीहरूसँग बाँड खाेलामा पाैडी खेल्न गएका रविन पाैडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । स्थानीयसँग समन्वय गरी खोजतलास गर्ने क्रममा सवा ३ बजेतिर खाेलामै रविन मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
उनकाे शव पाेष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी गरिएकाे छ ।























